एलोन मस्कलाई नयाँ राजनीतिक दल खोल्न ८० प्रतिशत अमेरिकीको समर्थन

काठमाडौं । अचेलका दिनहरू सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कबीच तिखो बयानबाजी चलिरहेको छ। कर नीतिप्रति मस्कको असन्तुष्टि र ट्रम्पको जवाफले दुई बीचको तनावलाई अझ गहिरो बनाएको छ। यसैबीच, एलोन मस्कले अमेरिकामा नयाँ राजनीतिक दलको आवश्यकताको बारेमा ठूलो बयान दिएर राजनीतिक वृत्तमा हलचल मच्चाएका छन्। अहिले ट्रम्पविरुद्ध एक नयाँ राजनीतिक दलको आवश्यकता छ।
एक हालैको मत सर्वेक्षणको नतिजाअनुसार, लगभग ८० प्रतिशत जनताले एलोन मस्कले राजनीतिक दल खोल्नुपर्ने विषयको समर्थनमा मतदान गरेका छन् । यसपछि, मस्कले पोस्ट गरे, “जनताले आफ्नो फैसला सुनाइसकेको छ। अमेरिकालाई अब नयाँ राजनीतिक दलको आवश्यकता छ।”
यसअघि मस्कले २०२० को राष्ट्रपति चुनावमा ट्रम्पलाई धेरै मद्दत गरेको र उनको अभियानमा २५ करोड ९० लाख डलर योगदान गरेको दाबी गरेका थिए। ट्रम्पले मस्कको यो दाबीको कडा जवाफ दिँदै उनलाई “देशद्रोहीू भने र कानुनी कारबाही गर्ने” को चेतावनी दिए। यद्यपि, विवादको बीचमा, अब शान्त हुने संकेतहरू देखिएका छन्।
ट्रम्पले एक मिडिया च्यानलसँगको अन्तर्वार्तामा भने, “म एलोनको बारेमा सोचिरहेको पनि छैन। बिचरा मान्छेलाई केही समस्या छ। म उनीसँग केही समय कुरा गर्ने छैन, तर उनको स्वास्थ्यलाभको कामना गर्दछु।” ट्रम्प र मस्कका दुवैका नजिक एवं साझा साथीहरूले मेलमिलापको प्रयास गरिरहेको खबर छ। साथै, प्रारम्भिक विवादास्पद पोस्ट पछि मस्कले पनि कुनै नयाँ टिप्पणी गरेका छैनन्। यदि मस्कले साँच्चै नयाँ राजनीतिक दल बनाउँछन् भने, यो अमेरिकी राजनीतिको इतिहासमा ठूलो मोड साबित हुन सक्छ।