भिजिट भिसा चर्कंदै, ६४ सालदेखि छानविन गर्न माग

काठमाडौं ।  प्रतिनिधिसभाका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राखेका छन् । श्रम ऐन २०६४ आएदेखि अहिलेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलहरूले माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको प्रतिपक्षी दलहरूको बैठकले उक्त निर्णय गरेको हो । छानबिनका लागि मार्गप्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नका लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष पनि प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ । प्रधानमन्त्रीले सदनमा आएर यस विषयको जिम्मेवारी लिएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग प्रतिपक्षी दलहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर