ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

काठमाडौं  ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्। जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत हिजो शुक्रबार कास्की पुगेका प्रचण्डले आफू राजावादीहरूसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै ओलीलाई मानसिक अस्पतालमा गएर जचाउन सल्लाह दिएका हुन्।

प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले प्रचण्डको योजना राजासँग मिल्ने छ भनेर बोलेको सुनेँ। अहिले त धेरै भन्नु छैन, यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिन चाहन्छु।’

उनले माओवादीले प्रतिगामीहरूविरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए। उनले भने, ‘हामीले राजावादीहरूविरुद्ध, प्रतिगामीहरूविरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भ्रष्टाचारीहरूको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौँ।’ उनले माओवादीको जनजागरण अभियानहरू राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुगेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर