युरोपा लिगको उपाधि टोटनहम हट्सपुरले जित्यो

काठमाडौं । टोटनहम हट्सपुरले युरोपा लिगको उपाधि जितेको छ। म्यान्चेस्टर युनाइटेडलाई बुधबार भएको फाइनल खेलमा १-०ले पराजित गर्दै टोटनहमले उपाधि जितेको हो। टोटनहमका लागि ब्रेनन जोन्सनले ४२ औँ मिनेटमा गरेको गोल नै खेलका लागि निर्णायक गोल बन्यो। उनको गोलसँगै टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो।
दोस्रो हाफको मध्यतिर रास्मोस होइलुन्डको गोल लाइनबाट गरेको हेडर उत्कृष्ट रूपले क्लियर भएसँगै युनाइटेड पछि परेको हो। खेलको अन्तिम समयसम्म पनि निकै प्रतिस्पर्धामा चलेको थियो। खेलको अन्त्यतिर लुसको हेडरलाई टोटनमका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि टोटनहमको जित सुनिश्चित भएको हो। सन् १९८४ पश्चात पहिलोपटक टोटनहमले यो उपाधि जितेको हो। युनाइटेडले सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ७-१ को फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको थियो। त्यस्तै, टोटनहमले सेमिफाइनलमा बोदो/ग्लिम्टलाई ५-१ ले पराजित गर्दै इतिहास बनाएको हो।