चार घन्टाभित्र पाकिस्तानले युद्ध विराम तोडेको भारतको आरोप

काठमाडौं ।  पाकिस्तानले जम्मु-कश्मीरमा संघर्ष विराम सम्झौता तोडेको छ, जसले जम्मु क्षेत्रमा गोलाबारी र ड्रोन आक्रमणहरू पुनः प्रारम्भ गरेको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् ।

पाकिस्तानी सेनाले जम्मु क्षेत्रको अखनूर क्षेत्रमा भारतीय सीमा चौकीहरूमा बिना पूर्व जानकारी गोलाबारी गरेको छ, जसमा सीमा सुरक्षा बलका एक जवान घाइते भएका छन् । भारतीय सेनाले पनि जवाफी कारबाही गरेको छ । सीमामा स्थिति अझै तनावपूर्ण बनेको छ ।

भारतको जम्मु, कश्मीर, पञ्जाब र राजस्थानका सीमावर्ती क्षेत्रमा पाकिस्तानले भीषण गोलाबारी गरेको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन् । पाकिस्तानी गोलाबारीविरुद्ध भारतीय सुरक्षाकर्मीले जवाफी आक्रमण गर्न सम्पूर्ण रक्षा प्रणाली सञ्चालन गरेर पाकिस्तानी ड्रोन, मिसाइल र गोलालाई ध्वस्त गरेको जनएको छ । पाकिस्तानी गोलाबारीबाट जम्, काश्मीर, पञ्जाब र राजस्थानको सीमावर्ती क्षेत्रमा बत्ती निभाएर आफ्ना नागरिकको रक्षा गर्न जवाफी हमला गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर