पाकिस्तानको सात वटा सैनिक ठेगानामा क्षति

काठमाडौं । भारतले अपरेशन सिन्दूरमार्फत पाकिस्तानको सात वटा सैनिक ठेगानाका भौतिक संरचनालाई क्षति पुर्‍याएको जनाएको छ ।भारतीय विदेश मन्त्रालयलले आज शनिबार नयाँदिल्लीमा आयोजित प्रेस ब्रिफ्रिङमा भारतीय सशस्त्र बलले धेरैजसो खतराहरूलाई सफलतापूर्वक निष्क्रिय पारेको बताएको छ।

प्रेस ब्रिफ्रिङमा भनिएको छ, “हामीले द्रुत र सुनियोजित प्रतिआक्रमण सुरु गरेका छौं। प्राविधिक प्रतिष्ठानहरू, कमाण्ड र नियन्त्रण केन्द्रहरू, राडार साइटहरू र हतियार डिपोहरूलाई छनोट गरी लक्षित गरिएको थियो। रफिकी, मुरिद, चकलाला, रहमानयार खान, सुक्कुर र चुनियानमा रहेका पाकिस्तानी सैन्य अड्डाहरूमा हवाई प्रक्षेपण गरिएका सटिक हतियार र लडाकु विमानहरूले आक्रमण गरे। पसरुर राडार साइट र सियालकोटस्थित उड्डयन आधार (एअर बेस) लाई लक्षित गरिएको थियो। यो कार्यले न्यूनतम भौतिक क्षति सुनिश्चित गर्‍यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर