आतंककारी आक्रमणलाई युद्ध मानिने भारतको चेतावनी : भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार : पाकिस्तान

काठमाडौं ।  भारतले अब आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानिने चेतावनी दिएको छ । भारतीय समाचार संस्था एएनआईका भारतले अनुसार भविष्यमा आफ्नो भूमिमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानेर सोहीअनुसारको जवाफ दिनेछ ।

भारतले लामो समयदेखि आफ्नो भूमिमा पाकिस्तानले आतंककारी गतिविधिलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । गत अप्रिल २२ का दिन २६ जनाको ज्यान जानेगरी जम्मु-कश्मीर राज्यमा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कारवाही गरिरहेको छ ।

भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार छ : सूचनामन्त्री तरार

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार रहेको स्पष्ट पारेका छन् । बीबीसीसँग कुराकानी गर्दै उनले भने , ‘यो पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनालाई आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ।’

जम्मू शहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको छ । धेरै सवारी साधनका झ्यालहरू फुटेको स्थानीय मानिसहरूले बताएका छन्। यद्यपि, अताउल्लाह तरारले नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गरेका छन्। यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको छ।’

भारतले शनिबार नै पाकिस्तानले उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरेको आरोप लगाएको थियो। भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानको गतिविधि निरन्तर उत्तेजक रहेको छ। प्रतिक्रियामा, भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर