द्वन्द्व कम गर्न भारत र पाकिस्तानलाई अमेरिकी आग्रह

काठमाडौं । भारत र पाकिस्तानबीच हानाहान भएपछि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस। जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरसँग फोनमा कुरा गरेका छन्। भारतका विदेशमन्त्री एस। जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँग कुराकानी भएको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेँ। भारतको अडान सधैँ संयमी र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।’यसैबीच अमेरिकाले पनि भारतीय विदेशमन्त्री एस। जयशंकरसँग भएको वार्ताबारे विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिअनुसार, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस। जयशंकरसँग कुरा गरे। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिका खोज्नुपर्नेमा जोड दिए ताकि तनाव कम होस् र कुनै गलत नहोस्।’

साथै अमेरिकी विदेशमन्त्री रुबियोले भविष्यमा कुनै पनि विवादबाट बच्न अमेरिकाले दुई देशबीच वार्ताका लागि मद्दत गर्न सक्ने प्रस्ताव पनि राखे। यस्तै अमेरिकाले पाकिस्तानी सेना प्रमुख असिन मुनीरसँग भएको वार्ताबारे पनि विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री मार्को रुबियोले आज बिहान पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग कुरा गरे। यस क्रममा उनले दुवै पक्षलाई तनाव कम गर्ने उपाय खोज्न अपिल गरे र भविष्यमा हुने द्वन्द्वबाट बच्न वार्ता सुरु गर्न अमेरिकी सहयोगको प्रस्ताव गरे ।’

अप्रिल २२ का दिन जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो। जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध “अपरेसन बुन्यान-अन-मर्सुसु थालिएको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर