सयौँं पाकिस्तानी ड्रोन र क्षेप्यास्त्र ध्वस्त पारेको भारतको दावी

काठमाडौं ।  भारतले पाकिस्तानद्वारा हिजो बिहीबार साँझदेखि देशका अधिकांश भागमा गरिएको ड्रोन र मिसाइल आक्रमणलाई विफल तुल्याइएको दावी गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले जम्मु,  पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा आक्रमण गरेको र ती ड्रोन र मिसाइललाई भारतको एस–४०० हवाई रक्षा प्रणालीले भारतको भूमिमा खस्नुअघि आकाशै ध्वस्त पारेको जनाएको छ । आक्रमणबाट कुनै पनि जनधनको क्षति भएको छैन । भारतले आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

भारतले भन्यो, “यी सबै क्षेप्यास्त्रहरूलाई वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको छ ।” यसैबीच, पाकिस्तानका रक्षामन्त्रीले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका छन् । ख्वाजा आसिफले बीबीसीसँग भने, “हामी यसलाई अस्वीकार गर्छौं, हामीले हालसम्म केही गरेका छैनौँ । जब पाकिस्तानले आक्रमण गर्छ तब सबैलाई थाहा हुनेछ ।”

पाकिस्तानले हिजो साँझ एकाएक जम्मु क्षेत्रमा मिसाइल आक्रमण गर्न थालेपछि केही घन्टाभित्रै भारतले पनि जवाफी आक्रमण गरेको थियो । भारतले हिजो पाकिस्तानको राजधानी इस्लामावाद, पञ्जाबको लाहौर, पेशावर, कराँची, बहावलपुरलगायतका सामरिक महत्वका सैन्य अखाडाहरूमा सिधै आक्रमण गरेको थियो । उक्त आक्रमणबाट पाकिस्तानको वायु रक्षा प्रणाली र दुई वटा लडाकु विमानमा क्षति पुगेको भारतीय मिडियाहरूले जनाएका छन् । उक्त समाचारलाई पछि पाकिस्तानी रक्षा निकायले पनि पुष्टि गरेको थियो ।

भारत र पाकिस्तानको नियन्त्रण रेखामा पर्ने जम्मु, कामीर, रजौरी, पुंछलगायतका क्षेत्रमा हिजो रातभर दोहोरो भीषण गोलाबारी भएको थियो । गोलाबारीमा दुबै पक्षबाट, मोर्टार, ट्यांक र गोली हानाहान गरिएको थियो । घटनाका सम्बन्धमा दुबै पक्षले आधिकारिक बयान जारी गरेको छैन तर भारतीय मिडियाहरूका अनुसार भारतले पाकिस्तानको सैनिक संरचनामा उस्ले सोचेभन्दा बढी नोक्सान पुर्‍याएको दावी गरेको छ । भारतको आक्रमणमा जल, स्थल र अवाई सेनाको संयुक्त समन्वय र सहयोग  छ भने पाकिस्तानी सेनामा त्यस्तो सहयोग देखिएको छैन ।

दिल्लीको प्रमुख स्थानहरूमा कडा सुरक्षा

भारत र पाकिस्तानबीचको तनाव ‘अपरेशन सिन्दूर’ पछि तीव्र बनेको छ। त्यसैको प्रतिक्रियामा भारतको राजधानी नयाँ दिल्लीमा उच्च सतर्कता जारी गरिएको छ। प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरीद्वारा सवारीसाधन र व्यक्तिहरूको कडाइका साथ निगरानी बढाइएको छ।

दिल्लीमा उच्च सतर्कता जारी

भारत गेटमा रहेका पर्यटकहरूलाई बिहीबार दिउँसो इलाका खाली गर्न आग्रह गरियो। प्रहरीका अनुसार, “यो सामान्य प्रक्रिया हो, जाम न्यूनीकरणका लागि गरिएको हो।” डिप्टी कमिश्नर देवेश महालाले बताए। यद्यपि, प्रहरीका अनुसार रातभर गस्ती बढाइनेछ र संवेदनशील क्षेत्रहरूमा अतिरिक्त फोर्स तैनाथ गरिनेछ।

सबै जिल्लाका प्रहरी प्रमुखहरू सतर्क

१५ वटै जिल्लाका डीसीपीहरूलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको छ। सबै विशेष आयुक्तहरू आफ्नो-आफ्नो क्षेत्रका डीसीपीहरूसँग बैठक गरिरहेका छन्।

पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानले भारतीय सञ्चारमाध्यमहरूमा आएको समाचारलाई “पूर्णतः आधारहीन” भन्दै खारेज गर्‍यो। यसलाई “लापरवाह प्रचार रणनीति” भन्दै यस्तो व्यवहारले क्षेत्रीय शान्तिलाई खतरा पु¥याउने बतायो।

अमृतसरमा ब्ल्याकआउट र सतर्कता

अमृतसर प्रशासनले सबै नागरिकलाई घरमै बस्न, झ्याल ढोका बन्द गर्न, बत्ती निभाउन अपिल गरेको छ। “डराउन आवश्यक छैन, सुरक्षा निकाय आफ्नो काम गरिरहेका छन्,” डीपीआरओले भने।

पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानबाट जम्मू, पठानकोट र उधमपुरस्थित सैन्य क्याम्पहरूमा ड्रोन र मिसाइल प्रहार भएको र भारतीय वायु रक्षा प्रणालीले ती हमलाहरू नाकाम गरेको रक्षा मन्त्रालयका प्रवक्ताले बताए।

५० भन्दा बढी ड्रोन नष्ट

गत रात पाकिस्तानले पठाएको स्वार्म ड्रोनहरू उधमपुर, जम्मू, नागरोटा, पठानकोट आदि क्षेत्रमा भारतीय सेनाले सटीक रूपमा खसालेको थियो। एल-७०, जेडयू-२३एमएम, शिल्का लगायत आधुनिक प्रणाली प्रयोग गरिएको थियो।

अमेरिकाको प्रतिक्रिया

अमेरिकी उपराष्ट्रपति जे डी भ्यान्सले एक अन्तर्वार्तामा भने, “भारत–पाक युद्धमा अमेरिका संलग्न हुने पक्षमा छैन। हामी दुई पक्षलाई तनाव कम गर्न प्रोत्साहित गर्न सक्छौं, तर नियन्त्रण गर्न सक्दैनौं।”

पाकिस्तानी फाइटर जेट खसालियो

शुक्रबार पठानकोट क्षेत्रमा भारतीय वायु रक्षा प्रणालीले पाकिस्तानी वायुसेनाको एक लडाकु विमान खसालेको बताइएको छ। यद्यपि, आधिकारिक पुष्टि हुन बाँकी छ।

गृहमन्त्रीको उच्चस्तरीय सुरक्षा बैठक

भारतका गृह मन्त्री अमित शाहले सीमा सुरक्षा बलका निर्देशकहरूसँग समीक्षा बैठक गरे। बैठकमा भारतको तयारी, मिसाइल प्रतिकार प्रणाली, र क्षतिको मूल्याङ्कन गरिएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर