भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ : जयशंकर

काठमाडौं ।  भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने बताएका छन् । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यस्तो बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारत-इरान मैत्री सन्धिको ७५औं वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची भारत भ्रमणमा छन् । अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो ।’

भारतीय विदेशमन्त्रीले अप्रिल २२ मा पहलगाम आक्रमणपछि, भारतले मे ७ मा ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गर्दै सीमापार आक्रमण गरेको बताए । जयशंकरले भने, ‘हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने, हामी धेरै कडा प्रतिक्रिया दिनेछौं भन्नेमा कुनै शंका छैन ।’

जयशंकरले इरानी विदेशमन्त्री अराघचीलाई भने, ‘एक छिमेकी र नजिकको साझेदारको रूपमा, तपाईं परिस्थितिको बारेमा राम्ररी जानकार हुनु महत्त्वपूर्ण छ ।’ पहलगाम आक्रमणपछि भारतले मंगलबार राति पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर