आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर