पाकिस्तानी विमानहरूका लागि भारतीय हवाई क्षेत्र बन्द

काठमाडौं ।  पाकिस्तानले भारतीय विमानहरूमा प्रतिबन्ध लगाएको ६ दिनपछि अब भारतले पनि पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानसँग सम्बन्धित आतंककारीहरूले २६ भारतीय पर्यटकको हत्या गरेपछि यो निर्णय गरिएको हो।
यो आक्रमण पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरको भड्काउने भाषणको केही दिन पछि भएको थियो, जसले भारत र पाकिस्तान बीचको तनावलाई अझ बढाएको थियो। भारतको यो निर्णयसँगै पाकिस्तान भएर उड्ने अधिकांश हवाई जहाजहरूलाई धक्का लागेको छ । यसले गर्दा पाकिस्तान जान चाहने विमानहरूले घन्टौसम्मको फन्को मार्नपर्ने हुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर