अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिका र युक्रेनबीच बहुप्रतिक्षित खनिज सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार वासिङ्टन र किएभले संयुक्त रूपमा युक्रेनको खनिज स्रोतहरूको उत्खनन गर्ने छन् । विकासका लागि लाभदायक सम्झौता भएको युक्रेनले दाबी गरेको छ ।

युक्रेन र अमेरिकाले युक्रेनको पुनर्निर्माणमा लगानी गर्न संयुक्त कोष सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताको प्रारम्भिक मस्यौदामा अमेरिकालाई युक्रेनका नयाँ प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा प्राथमिक पहुँच दिइने उल्लेख गरिएको छ ।

त्यस्तै सम्झौतामा वासिङ्टनले नयाँ सैन्य सहायता उपलब्ध गराउने र यसलाई कोषमा उनीहरूको योगदानको रूपमा गणना गरिने उल्लेख छ । दुबै देशले यो सम्झौतामा वासिङ्टनमा हस्ताक्षर गरेका हुन् । खनिज सम्बन्धी मस्यौदामा अमेरिकालाई युक्रेनका नयाँ प्राकृतिक स्रोत सम्झौताहरूमा प्राथमिक पहुँच दिइने उल्लेख गरिएको छ, तर यसले अमेरिकालाई स्वचालित रूपमा युक्रेनको खनिज सम्पत्ति वा ग्यास संरचनामा भाग नदिने पनि प्रष्ट बताइएको छ ।

उक्त सम्झौतामा युक्रेनको नयाँ प्राकृतिक स्रोत अनुमति पत्रहरूबाट राज्यलाई प्राप्त हुने नाफा र रोयल्टीको ५० प्रतिशत संयुक्त अमेरिकी–युक्रेनी पुनर्निर्माण कोषमा जाने व्यवस्था गरिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनको विकास र पुनरुत्थानमा संयुक्त लगानीका लागि यो सम्झौता वास्तवमै राम्रो, समान र लाभदायक अन्तर्राष्ट्रिय सम्झौता भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर