सन्न्यास लिएको एक वर्ष नपुग्दै राष्ट्रिय टोलीमा फर्किए क्षेत्री

काठमाडौं। भारतका पूर्वकप्तान तथा सर्वाधिक गोलकर्ता सुनिल क्षेत्री सन्न्यास लिएको एक वर्ष नपुग्दै राष्ट्रिय टोलीमा फर्किएका छन्।
मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीबार घोषणा गरेको २६ सदस्यीय टोलीमा ४० वर्षीय क्षेत्रीलाई समावेश गरिएको हो।
भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि मार्च २५ मा जोहोरलाल नेहरू स्टेडियम, सिलङमा बंगलादेशविरुद्ध एएफसी एसियन कप साउदी अरेबिया २०२७ छनोटको अन्तिम चरणको पहिलो खेल खेल्नेछ। भारतको समूहमा हङकङ (चीन) र सिंगापुर पनि छन्।
अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) ले सामाजिक सञ्जालमार्फत क्षेत्रीको पुनरागमनको पुष्टि गरेको हो
प्रतिक्रिया