दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सकिएको खेलमा सन् २००० काे विजेता न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनको फराकिलो अन्तरले हराएको हाे ।
यससँगै न्युजिल्यान्डले उपाधि भिडन्तका लागि दुई पटकको विजेता भारत प्रतिद्वन्द्वी पाएको छ । फाइनल खेल यही फागुन २५ गते यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई हराएर भारत फाइनलमा पुगेको हाे ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि दुई खेलाडीले शतक प्रकार गरे । प्लेयर अफ दी म्याचसमेत भएका रचिन रवीन्द्रले १०८ तथा केन विलियम्सले १०२ रनको योगदान दिए ।
सन् १९९८ को विजेता दक्षिण अफ्रिकाका लागि लुङ्गी नगिदीले सर्वाधिक ३ विकेट लिए । तीन सय ६३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रन मात्र बनाउन सक्यो । डेभिड वार्नरले अविजित शतक प्रकार गरेपनि त्यो आफ्नो टोलीको जितका लागि पर्याप्त भएन । दक्षिण अफ्रिकाले सुरुवाती समय ब्याटिङमा राम्रै प्रदर्शन गरेपनि मध्यक्रम टिक्न नसक्दा हार ब्यहोरेको हो ।