भारतको क्लबसँग साविक विजेता टिपटप हेल्प पराजित

काठमाडौं । पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबसँग साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पराजित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा सुनिल क्लबले हेल्प नेपाललाई २२–२५, २५–२३, २७–२५ र २५–१६ ले पराजित गरेको हो ।
यसअघि भएको खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया