कांग्रेसका सांसदहरूले अध्यादेशको विरोध गर्न नपाइने निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केही कुरामा असहमति भएपनि सरकारले ल्याएको अध्यादेशको संसद्मा विरोध गर्न नपाईने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले कुनै सांसदको व्यक्तिगत असहमित भएपनि सदनमा प्रस्तुत गर्न नपाईने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने, ‘भोलि र पर्सि संसदीय दलमा सांसदहरुका बीचमा पनि सघन रुपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्‍मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ।’

यसैगरी सभापति शेरबहादुुर देउवाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई केही समस्या भए पार्टीकै बैठकमा राख्न निर्देशन दिए । नले भने, ‘आज परराष्ट्रमन्त्रीबाहेक सबै बैठकमा सहभागी हुनुहुन्थ्यो । सभापतिले उहाँहरुलाई केही समस्या भए यही भित्र कुरा राख्नुस्, बाहिर एक भएर जानुपर्छ भन्ने कुरा राख्नुभयो । सरकारबारे पदाधिकारीहरुले पनि कुनै असन्तुष्टि राख्नुभएको छैन ।’ उनले संविधान कार्यान्वयन गर्न समस्या भए अध्यादेशबाटै भए पनि कानून बनाउनुपर्ने कुरा उठेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर