विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले पोखरा एभेन्जर्स समक्ष १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो।
विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाउँदा लोकेश बमले २६ रन बनाए। त्यस्तै निकोलस किर्टनले १९ रन बनाउँदा बसिर अहमदले २१ रन बनाएर अविजित रहे।
पोखराका लागि सागर ढकालले २ विकेट लिँदा रेमन रेइफर, दिनेश खरेल र कुशल भुर्तेलले समान १-१ विकेट लिए। चार खेल खेलिसक्कदा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन्।
प्रतिक्रिया
