न्यूनतम साझा कार्यक्रमका लागि सत्तारुढ दलको बैठक
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सत्तारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम ल्याउनेसम्बन्धमा विस्तृत छलफल गर्ने बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।
प्रतिक्रिया
