ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

पुलिस आज पाँचौं जित निकाल्ने योजनामा हुनेछ । पुलिस १४ खेलमा १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

हिमालयन पनि पाँचौं जितको खोजीमा हुनेछ । हिमालयन १४ खेलमा १७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको जावलाखेल आज आठौं जितको योजनामा हुनेछ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

खुमलटार पाँचौं जितको खोजीमा हुनेछ । खुमलटार १४ खेलमा १४ अंक जोडेर पुछारमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर