नाईट राईडर्सले सनराईजर्स हैदराबादलाई हरायो

काठमाडौं । कोलकत्ता नाईट राईडर्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराईजर्स हैदराबादलाई हराएको छ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा कोलकत्ता ५ रनले विजयी भएको हो ।

कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

हैदराबादका लागि कप्तान एडेन माक्ररमले ४० बलमा ४ चौकाको सहयोगमा ४१ रन बनाएका थिए । हेनरिक क्लेशनले २० बलमा १ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए ।

अब्दुल समादले १८ बलमा ३ चौकाको सहयोगमा २१ रन बनाए । राहुल त्रिपाटीले ९ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । मंयक अग्रवालले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए ।

भैबभ अरोरा र शार्दुल ठाकुरले २र२ तथा हर्षित राणा,अनुकुल रोय,वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाए ।

कोलकत्ताका लागि रिंकु सिंहले ३५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । कप्तान नितिश राणाले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए ।

कोलकत्ताका लागि सुरुआत भने राम्रो हुन सकेन । दोस्रो ओभरमा दुई विकेट गुमाएको कोलकत्ताले चौथो विकेटका लागि कप्तान राणा र रिंकु सिंहले ६१ रनको साझेदारी गरे ।

आन्द्रे रसेलले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए । जेसन रोयले १९ बलमा २० रन बनाए ।

हैदराबादका लागि मार्को यानसन र टी नटराजनले समान २र२ तथा भुवनेश्वर कुमार,कार्तिक त्यागी,एडेन माक्ररम र मंयक मारकण्डेले समान १र१ विकेट लिएका थिए ।

दश खेलमा चार जित तथा छ हारका साथ कोलकत्ता १० टोली सहभागी लिगमा आठौं स्थानमा कायमै रहेको छ ।

नौ तीन जित र छ हारका साथ अन्तिमबाट दोस्रो स्थानमा कायम रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर