स्पेनको जितमा माइकलको ह्याट्रिक

काठमाडौं । माइकल ओयारजाबको ह्याट्रिकसँगै स्पेनले मैत्रीपूर्ण खेलमा अन्डोरालाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा स्पेन ५-० गोल अन्तरले विजयी भएको हो।

खेलको पहिलो हाफमा अयोज पेरेजले गोल गरेका थिए। २४औं मिनेटमा पाउ केयुबार्सीले दिएको पासलाई उनले सदुपयोग गरे। ५३, ६६ र ७३औं मिनेटमा माइकलले गोल गर्दै ह्यट्रिक पूरा गरे। ८१औं मिनेटमा फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर