भारतमा १३ जना माओवादी विद्रोही मारिए

काठमाडौं । भारतमा  कम्तीमा १३ जना माओवादी विद्रोहीको ज्यान गएको प्रहरीले  जनाएको छ । छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलवार सुरक्षा बलसँग विद्रोहीको गोली हानाहान भएको थियो । स्थानीय प्रहरी प्रमुख पी सुन्दरराजले अधिकारीहरूले राइफल, मशिन गन र गोलाबारुद  ठूलो परिमाणमा जफत गरेको बताए ।  मृतकहरूको पहिचान हुन बाँकी रहेको बताउँदै सुन्दरराजले मृतकमध्ये तीन जना महिला रहेको बताएका छन् । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्ष भारतमा ५० जना भन्दा बढी माओवादी मारिएका छन्  जसमध्ये सबैभन्दा बढी ४६ जना छत्तीसगढमा र अन्य चार महाराष्ट्र राज्यमा मारिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर