लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको आज प्रारम्भ हुने चौथो अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तयारी रहेको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।

लुम्बिनी सरकारमा नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका थिए । केन्द्रीय राजनीतिमा भएको परिवर्तनसँगै उनले विश्वासको मत लिनुपरेको हो । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् । एमालेका २९ माओवादी सभामुखबाहेक १०, जसपा ३ र एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर