शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री
काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् ।
नेशनल असेम्बलीमा भएको चुनावमा इमरान खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) को समर्थनमा उम्मेदवार बनेका उमर अयुबलाई पराजित गर्दै शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएको हो । शहबाजले दुई सय एक मत प्राप्त गर्दा अयुबले ९२ मत ल्याएका थिए । शहबाज शरिफ दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । यसअघि सन् २०२२ मा उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए ।
गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले चुनावमा सबैभन्दा धेरै सिट जितेका थिए ।
प्रतिक्रिया
