नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित
काठमाडौं । राजधानीको कीर्तिपुर खेल मैदानमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो । नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको छ । खेल मैदानमा अहिले कभर लगाइएको छ ।
प्रतिक्रिया
