लिभरपुलको संघर्षपूर्ण जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले संघर्षपूर्ण जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले नटिङ्घम फरेस्टमाथि १-० को संघर्षपूर्ण जित हात पारेको हो । दुई टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।

लिभरपुलको जितमा डार्विन नुनेज नायक बने । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा नुनेजले एलेक्सिस म्याक एलिस्टरको पासमा लिभरपुलका लागि विजयी गोल गरेका हुन् । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले अंक दूरी बढाएको छ । लिभरपुलको २७ खेलबाट ६३ अंक भएको छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ खेलबाट ५९ अंक छ । पराजित नटिङ्‌घम १७ खेलबाट २४ अंकका साथ लिगको १७औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर