सृष्टि श्रेष्ठले जितिन् मिसेस नेपाल क्यानाडा–२०२४ को उपाधि

काठमाडौं । मिसेस नेपाल क्यानाडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पारेकी छन् । १० प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पारेकी हुन् ।

निर्णायक मण्डलबाट तपाईंलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ भन्ने प्रश्नमा श्रेष्ठले यो संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको जवाफ दिएकी थिइन् । सोही जवाफले उनलाई उपाधिको हकदार बनायो । उनले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यक रहेको बताउँदै सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा फस्र्ट रनरअप र मिसेस् फोटोजेनिकको उपाधि अलिशा राजभण्डारीले प्राप्त गरे भने रेश्मा थापाले दोस्रो रनरअपमा चित्त बुझाइन् । एमी कर्माचार्यले मिसेस् ट्यालेन्ट अवार्ड र श्याम लिम्बूले मिसेस् पब्लिक च्वाइस अवार्ड जितिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर