अल नासरसँग मियामीको हार
काठमाडौं । लियोनेल मेस्सीको इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको अल नासरसँग लज्जास्पद हार बेहोरेको छ । साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अल नासरले मियामीलाई ६-० गोल अन्तरले हराएको हो । म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर एमिरिक लापोर्टेले आफ्नो हाफबाट फ्रिकिकमा सनसनीपूर्ण गोल गरेका थिए। टालिस्काले ह्याट्रिक पूरा गरे । टोलीले सुरुवाती १२ मिनेटमा नै ३-० को अग्रता लिएको थियो। टालिस्काले व्यक्तिगत पहिलो गोल गर्नुअघि ओटाभियोले टोलीको लागि गोलको खाता खोलेका थिए ।
टालिस्काले पेनाल्टीमा दोस्रो गोल गरेपछि ५१ औं मिनेट अल नासर ४-० ले अगाडि रह्यो। टालिस्काले हेडर गोल गरेर ह्याट्रिक पूरा गर्नुअघि टोलीका लागि मोहम्मद मारनले पाँचौं गोल गरेका थिए। मेसी र रोनाल्डोबीचको रोमान्चक भिडन्त हेर्ने दर्शकहरूको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले खेलेनन् ।मेसी पनि अन्तिम सात मिनेट मात्र खेलेका थिए ।
