कांग्रेसको मेलमिलाप दिवसमा व्यङ्ग्यपूर्ण अभिव्यक्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको मामिलालाई लिएर नेपाली कांग्रेसभित्र आफूले कुनै राजनीतिक तरंग ल्याउने इच्छा नभएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर काग्रेस पाटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अतिथि वक्ताका रूपमा उनले भने, “अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फाली दिएर कुनै तरंग ल्याउने इच्छा छैन ।”

अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो ? भनी प्रश्नसमेत गरे ।

उनले भने, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फाली दिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टी बिलकुलै जान चाहन्न । कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु । विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाइस् ? कलकत्ता जान गंगाको बाटो किन भनिस, ट्रक कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् ? टयांकर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस ? बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस् ? त्यत्रो साढे ८ लाख पुनर्निमित घरहरू त्यति छोटो अवधिमा बनाएर पीडितहरूलाई किन हस्तान्तरण गरिस ? ठूला कुरा गर्ने ? त्यसको पनि म जवाफ दिन्न । म त्यतापट्टी पनि जान चाहन्न । र, म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिनँ । यत्ति हो यो देश कहिलेकाहीँ खतरा आउँछ कि भनेर झस्किन्थेँ ।”

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको दोष लगाए । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाइ थियो । उनले भने ‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानु परेको ? नगई नहुने त्यहाँ के प-यो ? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर