ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २-० गोल अन्तरले हराएको छ ।
रियलको जितमा मार्को एसेन्सियो र इडर मिलिटाओले एक एक गोल गरे ।
खेलको ४२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा मिलिटाओले गोल गर्दै रियललाई २-० को जित पक्का गरे ।
जितसँगै रियलले ३० खेलमा ६५ अंक जोडेको छ ।
रियल दोस्रो स्थानमा रहेको छ ।
सेल्टा ३६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया