चिनियाँ राष्ट्रपति सी जिनपिङ तानाशाह : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ तानाशाह भएको दोहोर्याएका छन् । उनले चिनियाँ समकक्षीमाथि यस्तो टिप्पणी गरेको यो दोस्रो पटक हो । एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा सीसँग भेटवार्तापछि आयोजित एक पत्रकार सम्मेलनमा बाइडेनले सी तानाशाह नै भएको बताएका हुन् ।
सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, ‘चीनको सरकार यस्तो स्वरुपमा आधारित छ जो हाम्रो भन्दा विल्कुल फरक छ । उनी त्यस्तो देशको सत्तामा रहेको अर्थमा तानाशाह हुन् ।’ यस पहिलो गत जुनमा पनि बाइडेनले सी तानाशाह भएको अभिव्यक्ति दिएपछि हंगामा भएको थियो । त्यतिबेला चीनले बाइडेनको टिप्पणीलाई ‘एकदम बेतुक र गैरजिम्मेजारीपन’ भनेर प्रतिक्रिया दिएको थियो ।
प्रतिक्रिया