इरानमाथि नयाँ प्रतिबन्ध

काठमाडौं । बाइडेनको इजरायल भ्रमणपछि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यो प्रतिबन्ध इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रममा लगाइनेछ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो जानकारी दिएका छन् ।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलबाट फर्किएपछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग छलफल गरेका छन् । अल-सिसीले गाजामा मानवीय सहायता बोकेका करिब २० ट्रक पठाउन रफाह सीमाना खोल्न अनुमति दिएका छन्।
प्रतिक्रिया