मोरक्कोमा शक्तिशाली भूकम्प, साढे ६ सयभन्दा धेरैको मृत्यु
काठमाडौं । मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण साढे ६ सय जनाभन्दा धेरैको मृत्यु भएको छ । रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म ६ सय ६२ जनाको ज्यान गएको छ । सात सय जनाभन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ । धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको शंका छ ।
रातको समय भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । केही गाउँ नै ध्वस्त भएको र त्यहाँ उज्यालो भएपछि मात्रै उद्धारकर्ता पुग्ने अधिकारीले बताएका छन् । मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समयअनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

प्रतिक्रिया
