पोर्चुगलले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित
काठमाडौं । युरोकप छनोटअन्तर्गत क्रिस्टयानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको हो । स्लोभाकियाको घरेलु मैदानमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डीजले खेलको ४३औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै स्कटल्यान्डले साइप्रसलाई ३-० र क्रोसियाले लात्भियालाई ५-० फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराति नै भएको टर्की र अर्मेनियाबीचको खेल १-१ गोलको बराबरीमा रोकियो । ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।
प्रतिक्रिया
