एमालेद्वारा फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध
काठमाडौं । नेकपा एमालेले सुन तस्करीसम्बन्धमा जवाफ दिए पनि छानविन समिति गठन गर्नेप्रति सरकारको पूतिबद्धता नआएको भन्दै मंगलबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।
एमालेले संसद् अवरुद्ध गर्नुअघि विभिन्न दलका नेताले बोलेका थिए भने गृहमन्त्री श्रेष्ठले पनि जवाफ दिएका थिए । तर फेरि पनि एमालेका सांसदले सिटबाट उठेर नाराबाजी गर्दै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
प्रतिक्रिया
