संसद सुचारू गर्न तीन दलका नेताहरूको पहल जारी

काठमाडौं । अवरुद्ध संसद सुचारू गर्नका लागि प्रधानमन्त्रीनिवास बालुवाटार मङ्गलबार पनि तीन दलको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।
सय किलो सुन तस्करी काण्डको उच्चस्तरीय छानविन समिति गठन नगरुञ्जेल प्रतिनिधिसभा र रावष्ट्रयसभाको बैठक चल्न नदिने एमालेको अडानका कारण विगत केही दिनदेखि दुबै सदनको बैठक अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया