जिल्ला सभापतिहरुको भेला पार्टी सभापतिलाई थाहैछ : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई लिएर महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला पार्टी सभापतिलाई थाहै नदिएको गरियो भन्ने आरोप निराधार भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘महामन्त्रीहरुले बैठक नबोलाउँदा किन नगर्ने भनियो अहिले विधानले दिएको व्यवस्था अनुसार बोलाउन किन बोलाएको भनिँदै रहेछ। जिल्ला सभापतिहरुको भेला पार्टी सभापतिलाई जानकारी नदिइकन गरियो भन्ने कुरा बेकारको कुरा हो। सभापतिलाई थाहा नभइकन यस प्रकारको भेला भएको होइन।’

यस्तै सभापतिसँग कतिपय कुरामा फरक हुँदै गर्दा विगतको प्रचलन होटलमा भेला गर्ने गरिएकोमा अहिले पार्टी केन्द्रीय कार्यालयमा भइरहेको बताए। उनले पार्टीको क्रियाशील सदस्यहरुलाई कसरी व्यवस्थित बनाउने, सबै तहका सम्मेलनहरु गरेर जाने विषयमा कुरा भएकाले भेलाप्रति शंका नगर्न अनुरोध गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर