चेल्सी कप्तान एट्लेटिको मड्रिडमा आबद्ध

काठमाडौं । चेल्सीका कप्तान सिजर एजपिलिकुएटाले लण्डन क्लबसँगको ११ वर्षको यात्रामा पूर्णविराम लगाएका छन् । उनले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग एक वर्षको सम्झौता गरेका छन् ।

३३ वर्षका स्पेनिस डिफेन्डरले स्टारफोर्ड ब्रिजमा सबै उपाधि हात पारे । उनले दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि जिते । चेल्सीसँग उनको १२ महिनाको सम्झौता बाँकी रहेको थियो ।

‘मैले महशुश गरेको कुरा ब्यक्त गर्ने कठिन समय हो । तर यो यात्रा अद्धितिय रह्यो ।’ उनले भनेका छन् ।

‘मैले सबै चिज दिएको महशुश गरेको छु । म यसलाई प्रेम गर्छु ।’ उनले भनेका छन् ।

‘चेल्सी मेरोलागि घर हो । यो सधै रहनेछ । आशा गरौं एक दिन फरक जिम्मेवारीमा म फर्किनेछु ।’ उनले भने ।

सिजरले बाल्यकालको क्लब ओसासुनाबाट करियर सुरु गरेका थिए । उनले दुई वर्ष मार्सेलीमा बिताए । त्यसपछि उनी सन् २०१२ को अगष्टमा साढे ६ मिलियन पाउण्डमा चेल्सी आएका थिए ।

चेल्सी ती ६ खेलाडी मध्यका एक हुन्, जसले प्रिमियर लिग, एफ ए कप, लिग कप, च्याम्पियन्स लिग, सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

सिजरले सन् २०१५ मा जोसो माउरिन्होको नेतृत्वमा प्रिमियर लिग जितेका थिए । त्यसपछि २०१७ मा एन्टोनियो कोन्टेको नेतृत्वमा सो उपलब्धी दोहो¥याएका थिए । उनी कप्तानको रुपमा च्याम्पियन्स लिग जित्ने दोस्रो कप्तान हुन् ।
सिजर सन् २०२२ मा दुई वर्षको सम्झौता थप्नुअघि बार्सिलोनासँग समेत जोडिएका थिए । नयाँ प्रशिक्षक मौरिसियो पोचिटिनो नेतृत्वमा आएपछि क्लब छाड्ने उनी पछिल्लो सिनियर खेलाडी हुन् ।

त्यसअघि चेल्सीले केही ठुला नामहरु काइ हर्भाट्जलाई आर्सनलमा, माटे कोभिसिसलाई म्यानचेस्टर सिटीमा र मासन माउन्टलाई म्यानचेस्टर युनाईटेडमा बेचेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर