आज सोमबार सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार आठ सय रूपैयाँ बढेको हो।

यससँगै आज सुन प्रति तोला दुई लाख ४७ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर