चाडबाडपछि तरकारीको मूल्य घट्यो

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार आज (मङ्सिर १ गते) अधिकांश तरकारीको औसत थोक मूल्य घटेको छ ।

समितिको तुलनात्मक मूल्य विवरणअनुसार कात्तिक ३० गतेको तुलनामा मङ्सिर १ गते सखरखण्डको मूल्य सबैभन्दा धेरै ३५.२९ प्रतिशतले घटेको छ । त्यस्तै हरियो धनियाको मूल्य ३०.६६ प्रतिशत, झिगूनीको १५.३८ प्रतिशत, भेडे खुर्सानीको १५.३८ प्रतिशत र रायो सागको मूल्य १४.२९ प्रतिशतले घटेको छ ।

यसैगरी घिउ सिमी (राजमा) को मूल्य १३.७३ प्रतिशत, गोलभेडा सानो (टनेल) को १२.१६ प्रतिशत, भन्टा लाम्चो र रातो बन्दाको मूल्य १२.५० प्रतिशतले घटेको छ । त्यस्तै रातो आलु (लाम्चो र गोलो) को मूल्य ६.०९ प्रतिशत, गोलभेडा सानो (तराई) को ६.५२ प्रतिशत, बन्दा (लोकल) को ४.३५ प्रतिशत, गोलभेडा सानो (लोकल) को ३.९५ प्रतिशत र चिचिण्डोको मूल्य ३.५७ प्रतिशतले घटेको छ ।

यसैगरी तितो करेलाको मूल्य २.८६ प्रतिशत, आलु सेतोको २.२३ प्रतिशत, गाजर (तराई) को २.२२ प्रतिशत, काउली स्थानीयको २.४६ प्रतिशत र मटरकोशाको मूल्य १.५० प्रतिशतले घटेको छ । चाइनिज सुकेको लसुनको मूल्य सबैभन्दा कम ०.३३ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर