आज नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार परिसूचक नेप्से ७.३८ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २ हजार ६२१ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३.६२ अंकले बढेको थियो । आज कारोबारमा आएका कम्पनीमध्ये ८९ वटाको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ । त्यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । शुक्रबार बैंकिङ समूहको सूचक ०.४० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ ।
त्यस्तै, विकास बैंक समूह ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, लघुवित्त ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ र व्यापार समूह ०.५२ प्रतिशतले घटेका छन् । आज दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ र एभरेस्ट कलरको २.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यसैगरी, पाल्पा सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ र त्रिशूली जलविद्युत्को ३.२४ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, श्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।
