आज शुक्रबार नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं ।  आज शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक २.६४ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६५५.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.१८ अंकले बढेर ४८०.१२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १  वटाको घटेर कारोबार भएको छ । परिसूचक सामान्य बढेको दिन कारोर रकममा गिरावट आएको छ । आज सेयर बजारमा २२६ कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर ३३ हजार २१५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर