आज बिहीबार सुनमा १३ हजार ३ सय र चाँदीमा २६५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन प्रति तोलामा १३ हजार तीन सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन प्रति तोला दुई लाख ८८ हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो बुधबार सुन प्रति तोला दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। हिजो बुधबार प्रति तोला तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार नौ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य हिजो बुधबारको तुलनामा प्रति तोला दुई सय ६५ रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार एक सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
