आज बुधबार सुनमा ६ सय बढ्यो भने चाँदीमा २० रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ७५ हजार पुगेकोमा आज बुधबार दुई लाख ७५ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। यसरी हिजो मंगलबारको तुलनामा सुन प्रति तोला ६ सय रुपैयाँ वृद्धि भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रति तोला २० रुपैयाँ घटेको छ। हिजो मंलबारबार चाँदी प्रति तोला ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएकोमा आज बुधबार प्रति तोला तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
