आजदेखि नागढुंगा सुरुङमार्गमा टोल ट्याक्स लागू

काठमाडौं ।  नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्गका लागि टोल शुल्क निर्धारण गरिएको जनाएको छ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा शुल्क तोकिएको हो। नयाँ व्यवस्थाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

मिनी बस तथा मिनी टिपर र ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। ठूला सवारीसाधनमध्ये बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर