आज बुधबार सुनमा ९ सय र चाँदीमा १० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार छापावाल सुन तोलाको २ लाख ८२ हजार ३ सय रुपैयाँ रहेकोमा आज सुन प्रति तोलाको २ लाख ८३ हजार २ सय रुपैयाँ तोकिएको छ । यसरी हिजो मंगलबारको तुलनामा आज बुधबार सुन प्रति तोला ९ सय रुपैयाँ महँगो भएको छ ।
यस्तै, आज बुधबार नेपाली बजारमा चाँदी पनि महँगो भएको छ । हिजो मंगलबार एक तोला चाँदीको ३ हजार ९ सय ७० रुपैयाँ रहेकोमा आज चाँदी प्रति तोलाको ३ हजार ९ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसरी हिजोको तुलनामा आज चाँदी एक तोलामा १० रुपैयाँ वृद्धि भएको छ ।
प्रतिक्रिया
