आज मंगलबार नेप्से शून्य दशमलव ९४ अंकले वृद्धि

काठमाडौं ।  आज मंगलबार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले वृद्धि भएको छ । सामान्य अकंको वृद्धिपछि समग्र नेप्से परिसूचक २ हजार ६३० दशमलव ७६ विन्दुमा उक्लिएको छ ।

जलविद्युत्, लघुवित्त, सामूहिक लगानी कोष र अन्य उपसमूहबाहेक सबै घट्यो । जलविद्युत्‌को ५९.०५, लघुवित्तको शून्य दशमलव ७६,  सामूहिक लगानी कोषको शून्य दशमलव शून्य ७  र अन्य उपसमूहको १.१३ अंकले बढ्यो । कारोबारमा आएकामध्ये १३५ कम्पनीको सेयर मूल्य बढ्यो, १३६ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनी मूल्य स्थिर रह्यो ।

बेनी हाइड्रोपावरको १४.९८, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको १२.०९, दोर्दी खोला जलविद्युत् कम्पनीको ६.७९, सुपर मादि हाइड्रोपावरको ५.९५, सिर्जनशील  लघुवित्त वित्तीय संस्थाका ५.६८ प्रतिशतले बढ्यो । युनिलिभर नेपालको ४.९१, नबिल डिभेन्चरको ४.३५, आरबीबी फोकस ४० को ३.२९, सनराइज फर्स्ट म्युचअल फन्डको २.९७, केबीएल डिबेञ्चरको २.९६ प्रतिशतले मूल्य घट्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर