आज मंगलबार सुनमा ७ सय बढ्यो भने चाँदीमा ४५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ७४ हजार ३ सय रुपैयाँ रहेकोमा आज मंगलबार २ लाख ७५ हजार पुगेको छ। यसरी हिजो सोमबारको तुलनामा सुन प्रति तोला ७ सय रुपैयाँ वृद्धि भएको छ । हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य करिब ०.२६ प्रतिशतले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँ घटेको छ। हिजो सोमबार चाँदीको मूल्य ३ हजार ७ सय २० रुपैयाँ रहेकोमा आज मंगलबार चाँदी प्रति तोला ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा करिब १.२१ प्रतिशतले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर