भुटानको शिंताफू हिमताल फुटेर बाढी
काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि बाढी आएको छ ।
बाढीले शहरका मुख्य सडक बगाएको छ । सडक बगाएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भू-भागसँगको सडक सम्पर्क विच्छेद भएको छ । उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी ताक्तसेमाखाङसम्म पुगेको भारतीय पत्रिका द स्टेटम्यानले उल्लेख गरेको छ ।
भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाइएको छ। छिमेकी क्षेत्रहरूलाई पनि सतर्क गराइएको छ। घटनामा हालसम्म मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।
प्रतिक्रिया
